गृहपृष्ठ खबर युवा संघले लुम्बिनी प्रदेशका सबै जिल्लामा विशेष अभियान सञ्चालन गर्ने

युवा संघले लुम्बिनी प्रदेशका सबै जिल्लामा विशेष अभियान सञ्चालन गर्ने

प्रकाशित मिति:

रुपन्देही : पार्टी विभाजन भएपछि एमालेको भ्रातृ संगठन युवा संघले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकले प्रदेशका सबै जिल्लामा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश कमिटी बैठकको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी समितिका सदस्य तथा युवा नेता टोपबहादुर रायमाझीले पार्टीका विरुद्ध फैलाउन खोजिएका भ्रम, षड्यन्त्र र अनेक प्रकारका तिकडमलाई परास्त गर्न युवा संघले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए ।

सम्बन्धित् समाचार