काठमाडौं : नेपाली कांग्रेसको संसथापन इतर समुहको भेला आज हुँदैछ । पार्टीको जारी महाधिवेशन प्रक्रियामा सभापति शेरबहादुर देउवाले मनोमानी गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बोलाएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे हुने उक्त भेलामा देउवा इतरका शिर्ष नेताहरू उपस्थित हुने बताईएको छ ।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएपछि पौडेल पक्षले विरोध गरेको छ ।
यस्तो प्रवृत्तिले १४ औं महाधिवेशन निष्पक्ष हुनेमा शंका देखिएकोले सभापति देउवालाई खबरदारी गर्न भेला बोलाइएको एक नेताले जानकारी दिए ।
प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न २१ जिल्लामा अmभै पनि क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको छैन । भदौ १८ मा गर्ने भनेको वडा अधिवेशन असोज ५ सम्म धकेलिएको छ ।