काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकले चुनावबाट जितेर सरकार बनाउन नसक्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई ‘परमादेशको’ सरकार बताउँदै ओलीले एमालेले मात्रै जनादेशबाट एक्लै सरकार बनाउन सक्ने दावी गरे।
‘अहिलेको सरकार जनादेशबाट आएको होइन। जनादेशबाट एमाले बाहेक अर्को सरकार आउनै सक्दैन,’ उनले भने। सत्ता गठबन्धन चुनावबाट डराएको ओलीको आरोप थियो। चुनावमा जनताले गठबन्धनलाई मत नदिने ओलीको दाबी रह्यो।
‘चुनाव भनेपछि थरर कामेका छन्। जनताको यिनलाई ‘हेण्डसमु छन् या ‘ब्युटिफुल’ छन् भनेर भोट हाल्ने ? विकास र स्थायित्वप्रतिको कुनै लगाव देखियो र?’ ओलीको प्रश्न थियो।
गठबन्धनलाई फागुनमा चुनाव गरेर देखाउन ओलीले चेतावनी दिएका छन्। उनले एमाले फुटेका बेलामा पनि बहुमत ल्याउने दाबी गरे । ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन षड्यन्त्र गरेकाले प्रतिनिधिसभाको अवरोध जारी रहने बताए।