गृहपृष्ठ खबर एमाले नेता ज्ञवालीको दाबी- फेरी पनि सानदार तरिकाले सरकारमा जान्छ

एमाले नेता ज्ञवालीको दाबी- फेरी पनि सानदार तरिकाले सरकारमा जान्छ

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) :  नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले फेरी पनि शानदार तरिकाले सरकारमा जाने बताउनुभएको छ । ज्ञवालीले एमालेमा तल्कालका लागी केही चुनौतिहरु देखिएको र यो क्षणिक भएको बताउँदै फेरी सरकारमा जाने बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । नेता ज्ञवालीले जनादेशबाट एमाले सरकारबाट बाहिरिनु नपरेकाले कसैले पनि चिन्ता नलिई उच्च आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

सर्वोच्चको आदेशबाट परमादेश सरकार बन्दा केही तत्काल राजनितिक संकटहरु आईपरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता ज्ञवालीले जनतामा एमालेप्रतिको विश्वास बढ्दै गएको र अहिले गठबन्धन एमालेको विरुद्धमा लागेको बताउनुभयो । चितवनमा प्रचण्डले आफ्नो छोरीलाई मतपत्र च्यातेर जिताएको भन्दै नेता ज्ञवालीले अब त्यसो नहुने र चुनाव जित्न जनताको मत चाहिने बताउनुभयो ।

यस्तै उहाँले एमसीसी प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व सरकारको पालामा सहमति भएको र सरकारले गरेको काम भएकाले मात्र आफूहरुले अगाडि बढाएको उनले दाबी गरे । एमसीसी पास गर्ने सरकारको दायित्व रहेको भन्दै सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउन आग्रह समेत गरे ।

सम्बन्धित् समाचार