गृहपृष्ठ खबर नेपाली महिला फुटबल टोली उज्बेकिस्तानमा

नेपाली महिला फुटबल टोली उज्बेकिस्तानमा

काठमाडौं : एएफसी महिला एसियन कप क्वालिफायर्सका खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको ताश्केन्त पुगेको छ।

सोमवार राति काठमाडौँबाट प्रस्थान गरेको ३३ सदस्यीय नेपाली टोली आज ताश्केन्त विमानस्थल पुगेको हो।

ताश्केत पुगे लगत्तै टोलीको पीसीआरकालागि स्वाबको नमुना सकंलन गरिएको छ। पीसीआरको रिपोर्ट नआउञ्जेल, टोली होटेल क्वारेन्टाइनमा रहने छ।

नेपाली टोलीले सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ। प्रतियोगिता प्रतियोगिता नेपालमा हुने भनिएको भए पनि कोभिड -१९ को महामारीका कारण उज्बेकिस्तानमा स्थानान्तरण गरिएको थियो।

प्रतियोगिताका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा पहिलो खेलमा नेपालले जित निकालेको थियो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो।

सम्बन्धित् समाचार