काठमाण्डौ : भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० टिमको कप्तानबाट हट्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले यस्तो घोषणा गरेका हुन् ।
आउँदो महिना यूएईमा हुने टी–२० विश्व कपपछि टी–२० टिमको कप्तानबाट हट्ने कोहलीले बताएका छन् ।








