गृहपृष्ठ खबर नेपाल अमेरिकासँग पराजित

नेपाल अमेरिकासँग पराजित

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित भएको छ। शुक्रबार ओमानमा भएको खेलमा नेपाललाई अमेरिकाले ६ विकेटले पराजित गरेको हो। नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

अमेरिकाको जितमा ओपनर स्टेभिन टेलरले उत्कृष्ट ब्याटिङ गरे। उनले ९२ रनको योगदान गरे। ६३ बल खेलेका टेलरले १२ चौका र ३ छक्का प्रहार गरे।

मोनांक पटेलले नटआउट ३८ रन र जसकरण मलहोत्राले नटआउट ३६ रन जोडे। सुशान्त मोदानी २ रन, करिमा गोरे शून्य र संजय कृष्णमूर्ती पनि शून्यमा आउट भए। बलिङमा नेपालका सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए।

टेलर र कृष्णमूर्तिलाई नेपालका करण केसीले लगातार आउट गरेका थिए। त्यस्तै सन्दीपले पनि करिमा र सुशान्तको पाँचौ ओभरको पहिलो र पाँचौ बलमा आउट गरेका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभरमा १७४ रनमा अलआउट भएको थियो ।

सम्बन्धित् समाचार