गृहपृष्ठ खबर महिला एएफसी एसियन च्याम्पियनसिप : नेपालले आज फिलिपिन्ससँग प्रतिष्पर्धा गर्दै

महिला एएफसी एसियन च्याम्पियनसिप : नेपालले आज फिलिपिन्ससँग प्रतिष्पर्धा गर्दै

प्रकाशित मिति:

काठमाडौं : एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘एफ’ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । किनकि नेपाली टोली एसियन कपमा छनोट हुने लक्ष्यसहित उज्वेकिस्तानमा रहेका छन् ।

तर, फिफा वरीयतामा ३३ स्थान माथिको फिलिपिन्सविरुद्ध नेपाललाई सहज भने हुनेछैन् । महिलाको फिफा वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । फिलिपिन्स ६८ औं स्थानमा रहेको छ ।

यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले यस छनोट टिमका लागि चुनौती र अवसर दुबै भएको बताए । उनले दुवै खेलमा टिमले उत्कृष्ट खेल्नेमा विश्वस्त रहेको बताए ।

यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

सम्बन्धित् समाचार