गृहपृष्ठ खबर तालिबान सरकारले हटायो महिला मन्त्रालय

तालिबान सरकारले हटायो महिला मन्त्रालय

प्रकाशित मिति:

अफगानिस्तानमा नवगठित तालिबान सरकारले महिला मन्त्रालय हटाएको छ । धार्मिक कट्टर मान्यता कार्यान्वयन गराउन शुक्रबार तालिबानले महिला मन्त्रालय हटाएको हो ।

तालिबानले शुक्रबार महिला मामिला मन्त्रालय हटाएर त्यसको सट्टा ‘सदाचार दूराचार’ मन्त्रालय राख्ने निर्णय गरेको बीबीसीले जनाएको छ । काबुलमा राखिएको सदाचार र दूराचार मन्त्रालयले धार्मिक मान्यता र नैतिकतालाई प्राथमिकतामा राख्ने बताइएको छ ।

सो मन्त्रालय तालिबानको नयाँ शासन सुरु हुनुभन्दा पहिलेदेखि नै अस्तित्वमा रहेको र सन् १९९६ देखि २००१ को दशमा तालिबानले आफ्नो शासनकालमा सो मन्त्रालय विस्तार गरेको बताइन्छ । सामाजिक सञ्जालमा अपलोड गरिएको एक भिडियोमा कार्यालय बाहिर अफगानिस्तानका महिला कर्मचारीहरुले आफूहरुले काममा फर्किन पाउनु पर्ने भन्दै तालिबानसँग आग्रह गरेका छन् ।

सन् १९९० को दशकमा तालिबान शासनको क्रममा उक्त मन्त्रालयले कठोर इस्लामिक नियम पालना गराउनुका साथै महिलामाथि कडा प्रतिबन्ध लगाएको थियो । विगतमा अफगानिस्तानमा महिलाहरुले गरेको २० वर्षे संघर्षपछि आधारभूत आवश्यकताहरु प्राप्त गरेका थिए । तर पुरुषहरुको नेतृत्वमा रहेको तालिबानको नयाँ सरकारले अफगानिस्तान महिलाले पाएका आधारभूत अधिकारहरु पुनस् खोसिने चिन्ता महिलाहरुको छ ।

-बीबीसी न्युजबाट

सम्बन्धित् समाचार