गृहपृष्ठ खबर संविधानको सफल कार्यान्वयनसँगै देशको समुन्नतिलाई सुनिश्चित गर्नु आवश्यक- प्रधानमन्त्री देउवा

संविधानको सफल कार्यान्वयनसँगै देशको समुन्नतिलाई सुनिश्चित गर्नु आवश्यक- प्रधानमन्त्री देउवा

प्रकाशित मिति:

काठमाडौं : संविधान दिवसको शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयनसँगै देशको समुन्नतिलाई सुनिश्चित गर्नु आवश्यक देखिएको बताउनुभएको छ ।

सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको उल्लेख गर्दै उहाँले संविधानको संरक्षण र गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकासको मार्गमा अग्रसर गराउनु आवश्यक भएको उल्लेख गर्नुुभएको छ ।

संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक–अधिकार सुनिश्चित गरेको दाबी पनि प्रधानमन्त्री देउवाले गर्नुभएको छ ।

 

सम्बन्धित् समाचार