काठमाडौं : नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बानेश्वरको बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा ७ एजेण्डामा छलफल हुने प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।
बैठक अघि संचारकर्मीलाई प्रतिक्रिया दिँदै एकीकृत समाजवादीका नेता विरोध खतिवडाले केहीदिन भित्रै प्रदेश नम्बर १ र वाग्मतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताए।
पहिलो बैठकमा सहभागी हुन पुगेकी नेतृ रामकुमारी झाक्रीले बैठकले पार्टी कस्तो हुनेछ भन्ने संकेत गर्ने बताइन्। उनले पनि एमाले नेतृत्वको सरकार रहेको प्रदेश नयाँ सरकार हुने बताइन्।
बैठक अघि पार्टीमा प्रवेश गर्नेहरुलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए।








