गृहपृष्ठ खबर कपिलवस्तुमा १५० जना राप्रपामा प्रवेश

कपिलवस्तुमा १५० जना राप्रपामा प्रवेश

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलबस्तुले आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा सम्पन्न गरेको छ । राप्रपा कपिलवस्तु क्षेत्र नम्बर २ बुद्धभूमि नगरकार्य समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । बुद्धभूमिको हरिहरपुरमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरि १५० जना राप्रपामा प्रवेश गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष तथा पुर्व अर्थमन्त्री डा. प्रकाश चन्द्र लोहनीले राप्रपाको बिचारले मात्र मुलुकले निकास पाउने बाताउँदै एन्सेल काण्ड, वाइटबडि काण्ड लगायतका ठूला काण्डमा ठुलो भ्रष्टचार भएकोले नागरिक आयोग गठन गरि भ्रष्टचारलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

यस्तै राप्रपाका नेता तथा नेपालगंज उपमहानगरपालिका मेयर डा. धवल शमशेरले पार्टिले एमसीसीको विरोध गर्ने बताउँदै छरिएर रहेका हिन्दुबादि तथा राजसंस्थावादी एकिकृति हुनुपर्ने बताउनुभयो । भ्रष्टचार विरुद्धको अभियानलाई निरन्तरता दिदै गए राप्रपालाई ठूलो अवसर रहेको र कांग्रेस, कम्युनिष्टको विकल्प हुने उहाँले दाबी गर्नुभयो ।

यस्तै कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य ध्रुब रायमाझि, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, राप्रपाको विधार्थी संगठनका केन्द्रिय सदस्य नबराज घिमिरे लगायतले आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम राप्रपाका बुद्धभूमि नगर अध्यक्ष लिलाखर अधिकारीको अध्यक्षता र प्रेम श्ांकर सुक्लाको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार