गृहपृष्ठ खबर देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। देउवाले भोलि दिउँसो ३ बजे बुढानिलकण्ठमा बैठक बोलाएका हुन्।

बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारीलाई निम्ता दिइएको छ। समसामयिक विषयमा बैठकमा छलफल हुने कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। महाधिवेशनको मुखमा रहेको कांग्रेसको १३ जिल्लाको क्रियाशील सदस्यता सूची अझै सार्वजनिक हुन सकेको छैन। यसैगरी, सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले सरकार विस्तार गर्न सकेको छैन।

यसैबीच, मंगलवार बसेको सत्तारुढ गठबन्धनको बैठकले डा नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ। यस निर्णयमा सत्तारुढ दलले सहमति जनाए पनि कांग्रेसकै संस्थापनइतरले विरोध गर्ने संकेत गरेका छन्। यस विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ।

सम्बन्धित् समाचार