गृहपृष्ठ खबर एमालेको अवरोधबिच प्रतिनिधिसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित

एमालेको अवरोधबिच प्रतिनिधिसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभापति अग्नि सापकोटाले बजेटका पूरक विधेयकमाथि छलफलको घोषणा गर्ने बित्तिकै एमालेले रोष्टम घेराउ गर्दै नाराबाजी गरेको हो।

प्रतिनिधिसभाबाट एमालेको अवरोधबिच आर्थिक विधेयक पारित भइसकेको पछि राष्ट्र ऋण उठाउने विधेयक पनि बहुमतले पारित भएको छ। एमालेले माधवकुमार नेपालसहित १४ जनालाई गरेको कारवाही सदर हनुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग गर्दै सदन अवरोध गर्दै आएका छन्।

विधेयक पारित भएसँगै असोज ११ गते बस्ने गरी बैठक स्थगित भएको छ।

सम्बन्धित् समाचार