गृहपृष्ठ खबर बाणगंगाका सुशिलले दिए मातृशोकमै कक्षा १२ को परिक्षा

बाणगंगाका सुशिलले दिए मातृशोकमै कक्षा १२ को परिक्षा

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा ७ बनगाईस्थित पारिजात मा.वि बाट कृर्यापुत्रीले कक्षा १२ को परिक्षा दिएका छन् । बाणगंगा ५ झण्डाका सुशिल खनालकि माता ज्ञानकला खनालको गत सोमबार मृत्यु भएको थियो । कक्षा १२ को परिक्षा चल्दै गर्दा सुशिललाई मातृशोक परेको थियो ।

क्यानसर रोगबाट पिडित खनाल उपचारपछी घरमै मृत्यु भएको खनालका भान्जा नमराज शर्माले बताए । ज्ञानकलाका दुई छोरी र एक छोरा रहेको र सामान्य परिवारका भएको बताईएको छ । यता कृया अवस्थामै परिक्षा दिने सुशिलका लागि छुट्टै स्थानको व्यावस्था गरिएको विधालयका शिक्षक पदम के.सीले बताए ।

उनले कृर्यापुत्री बेन्चमा बस्न नहुने भनेपछी म्याट र अन्य व्यवस्था गरेको बताए ।

सम्बन्धित् समाचार