मकवानपुर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् । हेटौंडामा शनिबार आयोजित मकवानपुर जिल्ला भेलालाई सम्बोधन गर्दै उनले पाँच दलको गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने बताए ।
‘यो गठबन्धन दीगो रुपमा अघि बढ्छ,’उनले भने,‘सरकारले पूर्णता पाएपछि हामी पाँच दलको गठबन्धलाई अघि बढाउनेछौं । त्यो गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्छ । हामीले अब जनताका लागि काम गर्छौं ।’ उनले कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एस) र जनमोर्चा सम्मिलित गठबन्धन वडा तहसम्म समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए ।








