गृहपृष्ठ खबर सोमालियामा आत्मघाती विष्फोट : कम्तिमा ७ को मृत्यु

सोमालियामा आत्मघाती विष्फोट : कम्तिमा ७ को मृत्यु

प्रकाशित मिति:

एजेन्सी : सोमालियको राजधानी मोगादिसुमा आत्मघाती कारबम विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । राष्ट्रपति भवन नजिकै गराइएको विष्फोटमा कैयौं घाइते भएका छन् । सोमालियका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलतर्फ जान प्रयोग गरिने सडकको चेकपोइन्टमा उक्त विष्फोट गराइएको हो ।

आक्रमणकारीले राष्ट्रपति भवनमा जाँदै गरेकाहरुलाई लक्षित गरी विष्फोट गराएको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्ने त्यहाँका पुलिस अधिकारीहरुले बताएका छन् ।

मारिनेहरुमा वरिष्ठ सैनिक अधिकारी र उनीहरुका परिवार भएको जनाइएको छ । सोमालियमा सरकार फालेर इस्लामिक राज्य स्थापना गर्न हिंसात्मक गतिविधि गर्दै आएको अल सबाब नामको आतंककारी संगठनले विष्फोट गराएको विश्वास गरिए पनि त्यसमा अलकायदाको पनि संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ ।

सन् २०११ सम्म राजधानी मोगादिसुमै कब्जा जमाएको अलसबाबलाई अफ्रिकन युनियन सम्वद्ध सेनाले विस्थापित गरेको थियो ।

 

सम्बन्धित् समाचार