इक्वेडरको एक जेलमा कैदीहरुबीच ‘ग्याङ फाइट’ हुँदा कम्तीमा पनि ११६ जनाको ज्यान गएको छ। बिहीवार भएको घटनामा कम्तीमा पाँच जना कैदीको टाउको काटिएको र बाँकीको गोली प्रहारबाट मृत्यु भएको बिबिसीमा उल्लेख छ।
यो इक्वेडरको इतिहासमै खराब घटना भएको बताइएको छ। यहाँको ग्वायाक्विल शहरमा रहेको जेलमा कैदीहरुले ग्रिनेडसमेत प्रहार गरेको प्रहरी कमान्डर फाउत्सो ब्युनानोले बताए। अहिले उक्त जेलमा ४०० भन्दा बढी प्रहरी अधिकृतहरु उपस्थित भएको र जेलको अराजकता नियन्त्रणमा लिइएको उनले बताएका छन्।
विशेषगरी मेक्सिककोका लागूऔषध तस्करहरुको कारण उक्त घटना भएको हुनसक्ने अनुमान इक्वेडरको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।










