गृहपृष्ठ खबर भैरहवालाई हराउँदै पोखरा फाइनलमा प्रवेश, उपाधिका लागि चितवनसँग खेल्ने

भैरहवालाई हराउँदै पोखरा फाइनलमा प्रवेश, उपाधिका लागि चितवनसँग खेल्ने

प्रकाशित मिति:

काठमाडौं: पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा प्रवेश गरेको छ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक ईपीएलको फाईनल पुगेको हो । दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा भने बाहिरिएको छ।

पोखराले अब उपाधिका लागि शनिबार उपाधिका लागि चितवन टाईगर्ससंग खेल्नेछ । पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाईनल पुगिसकेको छ ।

भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८।२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाउँदै पूरा गर्‍यो। पोखराको जितमा साहान अराचचिगेले अर्धशतक बनाए ।

३५ रनमा ३ विकेट गुमाएको पोखराका लागि साहान अराचचिगे र विपिन रावलले अविजित ८८ रनको साझेदारी गर्दै जित दिलाए । साहानले ४४ बल खेल्दै ७ चौका मद्दतमा अविजित ५३ रन बनाए । विपिनले ३४ बलमा ३ चौका र १ छक्का मद्दतमा अविजित ४० रन बनाए ।

चौथो ओभरमै ओपनर रिचर्ड लेची १४ रन बनाएर रनआउट भएका थिए । आठौ ओभरमा भैरहवाका भुवन कार्कीले रित गौतम र लोकश बमलाई आउट गर्दै भैरहवालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर साहान र विपिनले सम्हालिएर ब्याटिङ गरेपछि पोखराले खेल जित्यो।

भैरहवाका भुवन कार्कीले ३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए । टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो।

भैरहवाको लागि कप्तान शरद भेषावकरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए । शरदले ३३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस्तै आरिफ शेखले २४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा २७ रन जोडे ।

५१(५ को अवस्थामा रहेको बेला आरिफ शेखले कप्तान शरद भेषावकरसँग छैटो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।यस सिजन पहिलो पटक ओपनिङ गरेका रोहित पौडेलले १८, प्रदिप ऐरीले ११ र उपुल थरंगाले १० रन बनाए ।

बलिङमा पोखराका किशोर महतो र साहान अराचचिगेले २(२ विकेट लिए । साहानले ४ ओभरमा १५ रन खर्चिए भने किशोरले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चिए । नन्दन यादव र असेला गुनारत्नेले समान १ विकेट लिए ।

सम्बन्धित् समाचार