गृहपृष्ठ खबर लुम्बिनी प्रदेश सरकारले भोलि मन्त्रिपरिषद विस्तार गर्ने

लुम्बिनी प्रदेश सरकारले भोलि मन्त्रिपरिषद विस्तार गर्ने

प्रकाशित मिति:

रूपन्देही : लुम्बिनी प्रदेश सरकारले शुक्रबार मन्त्रिपरिषद  विस्तार गर्ने भएको छ । बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलले मन्त्रिपरिषदमा सहभागी हुने व्यक्ति टुंगो लगाएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी भएका हुन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार शुक्रबार दिउँसो ३ बजे शपथ गराउने तयारी छ ।

स्रोतका अनुसार माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम थारुको मन्त्री बन्ने टुंगो लागेको छ । पाल्पाका तुलाराम घर्तीको पनि नाम चर्चामा थियो । उनी माओवादीका प्रमुख सचेतक हुन् । तर, माओवादी कोटामा परेको एक मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई परेपछि घर्तीको नाम अन्तिममा सूचीबाट हटेको माओवादीका एक नेताले बताए ।

माओवादीले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको थियो । माओवादीका ४ मन्त्रालयमध्ये १ मन्त्रालय नेकपा ९एस०ले पाउने छ । नेकपा ९एस०बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछिन् । माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको छ ।

त्यस्तै ४ मन्त्रालय पाएको कांग्रेसले पनि दुई मन्त्रीको नाम टुंगो लगाएको छ । एक मन्त्रीको नाम छान्न केन्द्रमा अनुरोध गरेको छ । कांग्रेसले पनि शुक्रबार बिहानसम्म सबैको नाम टुंगो लगाउने छ । कांग्रेसले पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको छ । शुक्रबार वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय गरेको छ ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानाबीच सहमति हुन नसकेपछि टुंगो लगाउन केन्द्रमा पठाएको छ । त्यस्तै कांग्रेसले पाएको दुई राज्यमन्त्रीमा पनि अर्घाखाँचीकी निर्मला क्षेत्री र कपिलबस्तुकी रिना नेपालसहित अन्य दुई पुरुषको दाबी भएपछि व्यक्ति छनोट गर्न केन्द्रसँग नै अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार