काठमाडौं : नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म गोलरहित बराबरीमा स्कोर रहेको छ ।
वर्षाका कारण दुवै टोलीले खुलेर खेल्न सकिरहेका छैनन् । बलमा अधिकांश समय भारतले नियन्त्रण बनाए पनि दुवै टोली गोलका अवसर सिर्जना गर्नबाट भने चुकिरहेका छन् ।
नेपालका लागि नवयुग श्रेष्ठ र भारतका लागि कप्तान सुनिल क्षेत्रीले गोलका अवसर गुमाए । नेपालका गोलकिपर किरण चेम्जोङले राम्रो प्रदर्शन गरिरहेका छन् ।








