गृहपृष्ठ Featured बेलायतमा लगातार चौथो दिन ४० हजार बढीमा कोरोना संक्रमण

बेलायतमा लगातार चौथो दिन ४० हजार बढीमा कोरोना संक्रमण

बेलायतमा लगातार चौथो दिन पनि ४० हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा ४३ हजार ४२३ जनामा यो सङ्क्रमण देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ। बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत यहाँ कोरोनाबाट हुने दैनिक सङ्क्रमणमा कमी नआएको बताएका छन्।बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८४ लाख ४४ हजार नाघिसकेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण यहाँ १४८ जनाको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ।

बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार भन्दा बढीको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन्।

सम्बन्धित् समाचार