गृहपृष्ठ Featured वार्मअप खेलमा अस्ट्रेलियामाथि भारतको सानदार जित

वार्मअप खेलमा अस्ट्रेलियामाथि भारतको सानदार जित

प्रकाशित मिति:

काठमाडौं : आइसिसी टी-२० विश्वकप २०२१ खेल्नुअघि भएको वार्मअप खेलमा भारतले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेका छ। दुबईमा भएको खेलमा अस्ट्रेलियाले दिएको १५३ रनको लक्ष्य भारतले १७.५ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो।

भारतका लागि केएल राहुलले ३९ रन, कप्तानको भूमिकामा रहेका रोहित शर्माले ६० रन, सूर्यकुमार यादवले नटआउट ३८ रन र हार्दिक पाण्ड्याले नटआउट १४ रन जोडे।

बलिङमा अस्ट्रेलियाका अगरले १ विकेट लिए। त्यसअघि अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १५२ रन जोड्यो।

अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले ५७ रन जोडे भने ग्लेन म्याक्सवेल ३७ रन र मार्कोस स्टोइनिसले नटआउट ४१ रनको योगदान दिए।

बलिङमा भारतका रविचन्द्रन आस्विनले २ विकेट लिए।

सम्बन्धित् समाचार