गृहपृष्ठ खबर रोनाल्डोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

रोनाल्डोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

प्रकाशित मिति:

काठमाडौं : युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी भएको छ। युनाइटेडले बुधबार राति भएको खेलमा इटालियन क्लब एटलान्टालाई ३-२ गोलले हरायो।

एटलान्टाले पहिलो हाफमा २-० को अग्रता लिएको थियो। उसका लागि पासालिकले १५ मिनेट र डेमिरलले २८ मिनेटमा गोल गरेका थिए।

म्यानचेस्टरले दोस्रो हाफमा तीन गोल फर्काउदै रोमाञ्चक जित हात पार्‍यो। खेलको ५३ मिनेटम रास्फोर्डले युनाइटेडका लागि पहिलो गोल गरे।

७५ मिनेटमा माग्युरले बराबरी गोल फर्काउँदै घरेलु टिम युनाइटेडलाई राहात दिएका थिए। ८१ मिनेटमा क्रिस्टियानो रोनाल्डोले तेस्रो गोल गर्दा युनाइटेडले खेलमा अग्रता लिन सफल भयो।

जितसँगै समूह ‘एफ’ मा युनाइटेड शीर्ष स्थानमा उक्लन सफल भएको छ। युनाइटेडको ३ खेलबाट ६ अंक भएको छ। दोस्रो स्थानको एटलान्टा र तेस्रो स्थानको भिल्लारियलको ४(४ अंक छ। योङ व्बाइज ३ अंकसहित चौथो स्थानमा छ।

सम्बन्धित् समाचार