गृहपृष्ठ Featured सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण

सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण

प्रकाशित मिति:

अमेरिकाका चिकित्सकहरू सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गर्न सफल भएका छन् । न्यूयोर्क युनिभर्सिटीको ट्रान्सप्लान्ट इन्स्टिच्युटका निर्देशक डाक्टर रोबर्ट मोन्टोगोमेरीको नेतृत्वमा लंगोन हेल्थमा गरिएको प्रत्यारोपणले सफलता पाएको रोयटर्सले जनाएको छ ।

उक्त प्रत्यारोपणमा जिन संशोधन गरिएको सँगुरको मिर्गौला मस्तिष्क मृत भएको व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले करिब ३ दिनसम्म काम गरेको रोयटर्सले जनाएको छ ।

प्रत्यारोपण गरिएको मिर्गौलाले ‘राम्रै काम गरेको’ नेतृत्वकर्ता चिकित्सक डा मोन्टोगोमेरीले रोयटर्सलाई बताएका छन् ।

प्रत्यारोपण गरिएको मिर्गौलाले ‘अनुमान गरे मात्राको पिसाब’ दिएको समाचारमा जनाइएको छ । जिन संशोधन गरिएको सुँगुरको मिर्गौला मानिसमा प्रित्यारोपण गर्दा सुरुमा अस्वीकार गर्ने खालका कुनै संकेत नदिएको प्रत्यारोपणमा सहभागी चिकित्सकले जनाएका छन् ।

सम्बन्धित् समाचार