गृहपृष्ठ Featured एमाले बाणगंगा- ९ मा सर्वसहमत रुपमा नेतृत्व चयन

एमाले बाणगंगा- ९ मा सर्वसहमत रुपमा नेतृत्व चयन

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिका वडा न. ९ भलवाडमा नेकपामा एमालेको प्रथम अधिवेशनले सर्वसहमत रुपमा नेतृत्व चयन गरेको छ । प्रथम अधिवेशनबाट आगामी कार्यकालका लागि पुनस् बिन्द्र बहादुर गुरुङ्गको अध्यक्षतामा १९ सदस्यीय भलवाड गाउँ कमिटी नेकपा एमालेले गठन गरेको छ । त्यस्तै नगर प्रतिनिधीमा पुूरुषतर्फ १४ जना र महिला तर्फ ११ जनाको चयन भएको निर्वाचन मण्डलले जनाएको छ ।

यस्तै आज नै बसेको संगठित सदस्यहरुको एक भेलाबाट तोमलाल पौडेलको अध्यक्षतामा १३ सदस्ययीय वाणगंगा ९ वडास्तरीय अखिल नेपाल किसान महासंघ भलवाडको पनि गठन गरेको छ । कार्यक्रममा युवा संघ नेपाल नगर सचिबालय सदस्य प्रेम पाण्डे, नगर कमिटी सदस्य मंजु भुसाल, नगर कमिटी सदस्य तथा वडाध्यक्ष धुर्व वेल्वासे,जिल्ला कमिटी सदस्य तथा भलवाड ईन्चार्ज कुमार मधु वेल्वासे , जिल्ला कमिटी सचिवालय सदस्य एवम् भलवाड सह ईन्चाज टुकलाल गैरे संविधान सभा सदस्य बिश्राम प्रसाद थारु, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष झविलाल पोख्रेल लगायतले सम्वोधन गर्नु भएको थियो ।

कार्यक्रम भलवाड वडा कमिटी अध्यक्ष विन्द्र बहादुर गुरुंगको अध्यक्षता नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष झविलाल पोख्रेलको प्रमख आतिथ्यता रहेको कार्यकममा केशरा गुरुंगको स्वागत र सचिव चुरामणि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार