गृहपृष्ठ Featured सुन चाँदीको मूल्य बढ्यो

सुन चाँदीको मूल्य बढ्यो

प्रकाशित मिति:

काठमाडौं : नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले बढेर रु.९२ हजार १०० रुपैयाँ कायम गरिएको छ। छापावाल सुन शुक्रबार प्रतितोला रु. ९१ हजार ७०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन आज प्रतितोला रु‍.९१ हजार ६०० मा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला रु।९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु।१० ले बढेको छ। आज नेपाली बजारमा चाँदीको मूल्य एक हजार २६० पुगेको छ। चाँदी शुक्रबार प्रतितोला रु.एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित् समाचार