गृहपृष्ठ Featured थप ५५७ जनामा कोरोना संक्रमण : निको हुने दर ९७.३ प्रतिशत

थप ५५७ जनामा कोरोना संक्रमण : निको हुने दर ९७.३ प्रतिशत

प्रकाशित मिति:

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ५५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६२५ जनामा गरिएको परीक्षणमा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८७७ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९ हजार ५६ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार १५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८७ हजार ५०७ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएसँगै हालसम्म मृतकको कुल संख्या ११ हजार ३४८ पुगेको छ । हाल नेपालमा कोरोना निको हुने दर ९७।३ प्रतिशत रहेको छ भने केस फर्टिलिटी दर १।४ प्रतिशत रहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ७ हजार ५७६ जनाले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् ।

सम्बन्धित् समाचार