गृहपृष्ठ Featured रुपन्देहीबाट ३ लाख बराबरको पटका बरामद

रुपन्देहीबाट ३ लाख बराबरको पटका बरामद

प्रकाशित मिति:

बुटवल : रुपन्देही प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धीत विस्फोटक पटाका बरामद गरेको छ । तिहार पर्वलाई लक्षित गर्दै बिभिन्न नाकाबाट नेपाल भित्राउँदै गरेको अवस्थामा ठुलो परिमाणको विस्फोटक पटाका बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ ।

बिभिन्न स्थानमा गरि ३ लाख ३ हजार ३०० मुल्य बराबरको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गस्ती टोलिले सिद्धार्थनगर १ बाट ९० हजार बराबरको पटाका बरामद गरेको छ भने प्रहरी चौकी मैडिहवाको टोलिले ६० हजार ५०० बराबारको २ सय ६२ प्याकेट पटाका बरामद भएको छ ।

सम्बन्धित् समाचार