गृहपृष्ठ Featured एएफसी यू- २३ एसियन कप क्वालिफायर्स : नेपाल र ताजकिस्तान भिड्दै

एएफसी यू- २३ एसियन कप क्वालिफायर्स : नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौं : एएफसी यू २३ एसियन कप क्वालिफायर्समा नेपालले आज ताजकिस्तानको सामना गर्दैछ। ताजकिस्तानस्थित रिपब्लिक सेन्ट्रल स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ।

पहिलो खेलमा नेपाल इरानसँग ४(० ले पराजित भएको थियो भने ताजकिस्तानले लेबनानलाई १-० ले हराएको थियो। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान रहेका छन्।

नेपाली टोलीका कप्तान अर्पण कार्कीले इरानसँगको खेलमा दोस्रो हाफमा कमजोरी भएको भन्दै त्यसलाई सुधारेर ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने बताए। त्यस्तै प्रशिक्षक बालगोपाल महर्जनले लेबनान र ताजकिस्तानको खेल हेर्दा उनीहरु पनि शसक्त टिम रहेको देखेको बताए।

सम्बन्धित् समाचार