गृहपृष्ठ Featured तिब्र आर्थिक सुधारले तरलतामा चाप देखियो- गभर्नर अधिकारी

तिब्र आर्थिक सुधारले तरलतामा चाप देखियो- गभर्नर अधिकारी

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ महामारीका कारण सुस्ताएको अर्थतन्त्र अहिले द्रूत गतिको लयमा फर्किँदा तरलतामा चाप देखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘गहिरिँदो तरलता अभाव : कारण र समाधान’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन अवधिमा बैंकहरूको कर्जा विस्तार शून्य बराबर रहेकोमा अहिले अर्थतन्त्र फेरि लयमा फर्किँदा कर्जाको चाप बढेको अधिकारीको भनाइ छ ।

देशको अर्थतन्त्र पुरानो लयमा फर्किँदा त्यसले तरलतामा चाप सिर्जना गर्नसक्ने विषयको पूर्व जानकारी राष्ट्र बैंकले गत चैतमा नै पाइसकेको गभर्नर अधिकारीको भनाइ छ । गत आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा राखिएका व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिमासमेत निरन्तरता दिँदो त्यसको असर देखिएको उनले बताए ।

सम्बन्धित् समाचार