गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा अपाङ्गता भएकालाई झुल वितरण

कपिलवस्तुको बुद्धभूमिमा अपाङ्गता भएकालाई झुल वितरण

कपिलवस्तुको बुद्धभुमि नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई झुल वितरण गरेको छ । नगरपालिकाको वडा नं. ४, ५, ६ र १० का अपाङ्गता भएकालाई १ सय ६० वटा झुल वितरण गरेको हो । अपाङ्गता भई असक्त भएकालाई अन्य रोगको संक्रमण नहोस् भनेर झुल वितरण गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।

बुद्धभुमि नगरपालिका, फ्यूचर अफ होप काठमाण्डौको सहयोग र अपाङ्गता लक्षित कार्य सञ्चालन उपभोक्त समिति बुद्धभुमिको आयोजनामा वितरण गरिएको हो ।

झुल वितरण कार्यक्रममा नगर प्रमुख केशब कुमार श्रेष्ठ, वडा नं. ४ का वडाध्यक्ष पवन कुमार थारु लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार