पाल्पा : पाल्पाको सत्यवती ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकाले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार तालको विविधता संरक्षणमा जुटेका छन् ।
पाल्पाको ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकोले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार यसको संरक्षणमा जुटेका छन् ।
एक हजार चार सय मिटर उचाईमा रहेको सत्यवती तालको स्तरउन्नतीको काम भइरहेको छ । तिनाउ गाउँपालिका– ४ मा रहेको तालको एतिहासिक तथा पुरातात्विक महत्वलाई जोडेर ताल तथा मन्दिरको गुरुयोजना निर्माण गरी संरक्षणको काम भइरहेको छ ।
ताल क्षेत्रबाट तराई, पहाड र हिमालका दृश्यहरु देखिने भएकोले धर्मका साथै जैविक विविधताको अवलोकन गर्न वार्षिक ३ देखि ४ लाखसम्म पर्यटकहरु यहाँ पुग्ने गरेको तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगरले बताउनुभयो ।








