गृहपृष्ठ Featured बाणगंगा- ८ मा जारी तेस्रो वडा कपको उपाधि मधुवन ‘ए’ ले जित्यो

बाणगंगा- ८ मा जारी तेस्रो वडा कपको उपाधि मधुवन ‘ए’ ले जित्यो

वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.८ मा जारी तेस्रो वडा कपको उपाधि मधुवन ‘ए’ ले जितेको छ । मायादेवी रङ्गशालामा विहीवार भएको फाईनल खेलमा  चप्परगाउँलाई मधुवन ‘ए’ उपाधि हात पारेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको चप्परगाउँले निर्धारित १६ ओभरमा अलआउट हुदै ७१ रनको योगफल तयार पारेको थियो । चप्परगाउँले दिएको ७१ रनको सामान्य लक्ष्य मधुवन ‘ए’ ले दुई विकेट गुमाएर ७ ओभर अघि नै भेटाउदै आठ विकेटले सहजै पराजित गर्यो ।

जसमा मधुवन ‘ए’ का लागि सुरज मगरले १५ रन बनाउँदा मनिषले अविजित ३० रन बनाए ।

बलिङतफ मधुवन ‘ए’ का प्रविण भण्डारीले ४ ओभरमा ४ विकेट र कृष्ण अर्यालले एक विकेट लिए । प्रविण भण्डारी ‘म्यान अफ द म्याच’ घोषित भए ।

सम्बन्धित् समाचार