गृहपृष्ठ Featured न्यायाधीशद्वारा प्रधानन्यायाधीश राणाले तोकेका इजलास बहिष्कार

न्यायाधीशद्वारा प्रधानन्यायाधीश राणाले तोकेका इजलास बहिष्कार

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको रिट परेको इजलासबाहेक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेका सबै इजलास बहिष्कार गरेका छन्।

प्रधानन्यायाधीश राणाले न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासमा एउटा बन्दी प्रत्येक्षीकरणको रिट तोकेका थिए। उक्त इजलास पनि त्यहीँ रिट हेर्न मात्र बसेको छ। अरू मुद्दामा हेर्न नभ्याइने जनाउ दिएको छ। मंगलबार प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा २ सय ९८ मुद्दा तोक्दा एउटा मात्रै बन्दी प्रत्येक्षीकरणको मुद्दा राखेका थिए।

१० मध्ये ९ वटा अरू न्यायाधीशका संयुक्त इजलास तोकेका छन् भने आफ्ना लागि एकल इजलास तोकेका थिए। तर बन्दीको एउटा मुद्दाबाहेक अरू सबै इजलास न्यायाधीशले बहिष्कार गरेका छन्। उनीहरूले सर्वोच्चको वेवसाइटमा प्रकाशित पेशी सूचीमा बेन्च नबसेको जनाउ दिएका छन्।

प्रधानन्यायाधीश राणाले भने आफ्नो एकल इजलासमा बसेर मुद्दाको सुनुवाइ गरेका छन्। सर्वोच्चमा अहिले प्रधानन्यायाधीशसहित २० न्यायाधीश छन्। १९ जना न्यायाधीशले उनीसँग इजलास सेयर नगर्ने र बन्दीप्रत्यक्षीकरणका मुद्दाबाहेक उनले तोकेका अरू कुनै मुद्दाको सुनुवाई नगर्ने सहमति गरेका थिए।

प्रधानन्यायाधीशको राजीनामा आउनुपर्ने मागबाट आफूहरू पछि नहटेको र उनले राजीनामा नदिउन्जेल बन्दीका बाहेक उनले तोकेका कुनै पनि मुद्दा नहेर्ने सहमति भएको एक न्यायाधीशले बताए।

सम्बन्धित् समाचार