गृहपृष्ठ Featured रुपन्देहीमा साढे ६ लाख बढीका पटाका बरामद गरि नष्ट

रुपन्देहीमा साढे ६ लाख बढीका पटाका बरामद गरि नष्ट

बुटवल : रुपन्देहीमा ६ लाख ८१ हजार बढीका अवैध पटाका बरामद गरि नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक १७ र १८ गते जिल्लाका विभिन्न ठाउँबाट बरामद गरिएका ६ लाख ८१ हजार ५ सय ७५ रुपैया बराबरको अवैध पटाका मंगलबार नष्ट गरिएको हो ।

प्रहरीले कात्तिक १७ गते वुटवल उपमहानगरपालिका वडा नं। ४ अमर पथमा ४ लाख बराबरका, लुम्बिनी सास्कृतिक नगरपालिका–१३ कालिदहमा ६५ हजार बराबरका, बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा ४१ हजार बराबरका, मर्चवारी गाउँपालिका–२ अमुवा बजारमा ५ हजार बराबरका, सिद्धार्थनगर नगरपालिका–१२ स्थित कालीकापथमा २ हजार बराबरका अवैध पटाका बरामद गरेको थियो ।

यस्तै प्रहरीले कात्तिक १८ गते मर्चवारी गाउँपालिका– ७ पैसियाघाटमा एक लाख १२ हजार बराबरका, सिद्धार्थनगर नगरपालिका–२ झुण्डिबजारमा २० हजार बराबरका, सिद्धार्थनगर नगरपालिका–३ मा ३ हजार ५ सय बराबरका, सम्मरीमाई गाउँपालिका– ३ गुलरियामा २७ हजार ७५ रुपैयाँ बराबरका पटाका बरामद गरेको थियो । – रासस

 

सम्बन्धित् समाचार