गृहपृष्ठ Featured टी–२० विश्वकप: पहिलो सेमिफाइनलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

टी–२० विश्वकप: पहिलो सेमिफाइनलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

आईसीसी टी–२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्ने लक्ष्यका साथ दुवै टोली मैदान उत्रनेछन् । यूनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधाबीमा हुने खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

सुपर १२ मा इंग्लयाण्ड समूह एक को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने न्युजिल्याण्ड समूह दुईको उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । दुवै टोलीले सुपर १२ मा पाँच खेलमध्ये ४ खेल जितेका थिए भने एक खेलमा हार बेहोरेका थिए ।

इंग्ल्याण्डले वेष्ट इन्डिज, बंगलादेश, अष्ट्रेलिया र श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग अन्तिम खेलमा पराजित भएको थियो । पाकिस्तानसँग हार बेहोर्दै प्रतियोगिताको सुरुआत गरेको न्युजिल्याण्डले त्यसपछि लगातार भारत, नामिबिया, स्कटल्याण्ड र अफगानिस्तानलाई पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको हो ।

सम्बन्धित् समाचार