गृहपृष्ठ Featured अफगानिस्तानको एक मस्जिदमा आक्रमण हुँदा कम्तीमा १२ जना घाइते

अफगानिस्तानको एक मस्जिदमा आक्रमण हुँदा कम्तीमा १२ जना घाइते

अफगानिस्तानको नंगरहार प्रन्तको स्पिन घार जिल्लास्थित एक मस्जिदमा आक्रमण हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । स्थानीय समय अनुसार शुक्रबार दिउँसो करिब १ बजेर ३० मिनेटमा विस्फोट भएको रोयटर्सले जनाएको छ।

आक्रमणकारीहरू मस्जिदभित्रै छिरेर विस्फोट गरेको स्थानीयहरूले बताएका छन् । आक्रमणकारीको पहिचान भने भइसकेको छैन । साथै घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले पनि लिएको छैन । तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि सशस्त्र समूहको आक्रमण तीव्र बन्दैगएको छ । तुलनात्मक रुपमा मस्जिदलाई लक्षित गर्दै आक्रमणको क्रम बढेको बताइएको छ । शुक्रबारको विस्फोटमा तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सम्बन्धित् समाचार