काभ्रे : पनौती कुशादेवी ३ का २१ वर्षिय शुसिल घिमिरेको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार पनौती २ बोलखे गाउँमा साँझ ५स्३० मा बत्ती बनाउन जाँदा करेन्ट लागेर घिमिरेको मृत्यु भएको हो।
प्राधिकरण र कार्यरत कर्मचारीको लापरवाहीले गर्दा घिमिरेलाई करेन्ट लागेको बताइएको छ। विद्युत् प्राधिकरणलाई पहिले नै बत्ती काट्न जानकारी गराएर ट्रान्समिटरमा बत्ती बनाउन गए पनि बिना सूचना विद्युत् प्रवाह गर्दा उनको करेन्ट लागेर मृत्यु भएको हो।
घिमिरेको मृत्यु भए लगतै स्थानीयले बनेपास्थिति घेराउ गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ। न्यायको लागी स्थानीयले प्राधिकरण र बनेपा प्रहरी चौकीमा धर्ना दिइरहेका छन्।
मृतक परिवार र स्थानीयले दोषीलाई कारवाही गरी मृतकको परिवारले न्याय पाउनु पर्ने माग गरेका छन्। प्रहरीले प्रकाउ गरेका प्राधिरणका कर्मचारी धुर्ब खड्का, हरि हुमागाई र गणेश बञ्जारलाई हिरासतमा राखेको छ।
घटनामाथि छानबिन गरी दोषीलाई कारवाही गर्न भनि दिएको किनाटी जाहेरीमाथि बनेपा चौकीले दर्ता गर्न अस्वीकार गरेको छ। पनौतीका मेयर भिम न्यौपानेले मृतक परिवार न्याय दिलाई दोषीलाई कारवाही गर्न हदैसम्मको पहल गर्ने जानकारी दिए।








