गृहपृष्ठ Featured आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार लागेको छ- अर्थमन्त्री शर्मा

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार लागेको छ- अर्थमन्त्री शर्मा

प्रकाशित मिति:

पोखरा : अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको दाबी गरेका छन्। पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई शनिबार सम्बोधन गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा सरकार लागि परेको बताएका हुन्।

उनले भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारलाई आग्रह गरे। ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस्। मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्।’शर्माले भने, ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरुको काँधमा छ।’

सरकारले पहिलो पटक गरिबहरुलाई सम्झेर अतिविपन्न परिवारहरुलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घरोगीहरुलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपाङ्गता भएकाहरुको व्यवस्थापन, दलित आवसलगायतका लोकहितकारी निर्णय गरेको उनले जानकारी गराए।

 

सम्बन्धित् समाचार