गृहपृष्ठ Featured कपिलवस्तुका नेटुवा जाति भत्ताबाट बञ्चित : अल्पसंख्यक जातिको सुचीमा राख्न माग

कपिलवस्तुका नेटुवा जाति भत्ताबाट बञ्चित : अल्पसंख्यक जातिको सुचीमा राख्न माग

कपिलवस्तु : कपिलवस्तुमा आफु सरहकै पत्थरकट्टा जातिका ब्यक्तिहरुले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता पाउदै आएको तर आफुहरुले भने अहिलेसम्म कुनै पनि भत्ता नपाएको नेटुवा जातिले दुःखेसो पोखका छन् । उनीहरुलाई राज्यले अल्पसंख्यक जातिका रुपमा सुचीकृत नगरेपछि भत्ताबाट बंचित हुदैं आएका हुन । कपिलवस्तु जिल्लाका नेटुवा जातिले आफुहरुलाई अल्पसंख्यक जातिको सुचीमा राख्न माग गरेका छन् । ३ दशकदेखि सरकारसंग माग राख्दै आए पनि अहिले सम्म आफुहरुको कसैले सुनुवाई नगरेको उनीहरुको गुनासो छ ।

जिल्लाको शुद्धोधन गाउँपालिका– १ प्रगतिनगरका महेन्द्र नेटुवाले पटक पटक आफुहरु काठमाण्डौ धाए पनि कसैले चासो नदिएको उनले दुःखेसो पोखे । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतिनगरमा १४ घरमा २ सय बढी नटुवा जातिको बसोबास रहेको छ । सुकुम्बासी बस्तिमा बसेका उनीहरुको नेपाली नागरिकताको प्रमाणपत्र बाहेक अरु केही छैन । रातदिन उनीहरुलाई गासँ, बास, कपासकै पिरलो छ । आफुहरु भन्दा माथिल्लो जातिका रुपमा रहेको पत्थरकट्टहरुलाई अल्पसंख्यकको सुचीमा राखेर राज्यले सुबिधा दिए पनि आफुहरु अझै सम्म अल्पसंख्यक जातिका रुपमा पर्न नसकेको उनले गुनासो गरे ।

थर नटुवा भएको नागरिकता बनाए पनि आफुहरु पथ्थरकट्टा भन्दा तल्लो जाती भएको उनले बताए । बर्षो देखि यही माग राखेर आफुहरुले नेताहरुलाई भोट दिएर जिताउदै आए पनि जिते पछि मुख समेत देखाउन नआएको मनोज नेटुवाले गुनासो पोखे । शिक्षा, स्वास्थ्य र रोजागरीबाट समते बंचीत हुदै आएका उनीहरुको दैनिकी निकै कष्टकर छ ।

दिनभरी भिक्षा मागेर जिविकोपार्जन गर्ने उनीहरुको दैनिकी नै बनेको छ । पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन भने महिला तथा बालबालिकाहरुले भिक्षा मागेर ज्यान पाल्दै आएका छन् ।

 

सम्बन्धित् समाचार