वैखरी अनलाइन : नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा कपिलवस्तु जिल्ला उप सभापतिमा बालकुमारी अधिकारी (पन्थ)ले उमेद्धवारी घोषणा गर्नु भएको छ । राजनितिमा महिलाको प्रतिनिधित्व गर्न उहाँले नेपाली कांगेस जिल्ला उप-सभापतिमा उमेद्धवारी घोषणा गर्नु भएको हो ।
ट्रेड युनियन कपिलवस्तुको जिल्ला सभापति र बाणगंगा वडा नः १ को वडा अध्यक्ष समेत रहनु भएकी अधिकारी बिगत लामो समयदेखि कांगेसको राजनिति र सामाजिक सेवामा सक्रिय हुनुहुन्छ । उहाँले ट्रेड युनियनको उपाध्यक्ष भई २ कार्यकाल काम समेत गरी सक्नु भएको छ ।
बि.स. २०५४ स्थानिय चुनावमा महिला सदस्यमा उठेर बिपक्षीसगं (रि) बराबर मत ल्याउनु भएको थियो । साथै बि.स. २०५० सालबाट नियमित २४ बर्ष ( २०७४)सालसम्म म्हिला स्वयम सेविकाको रुपमा पनि काम गरी सक्नु भएको छ भने दर्जनौ सघंसस्थामा आबद्ध भई नेतृत्व निर्वाह गरी सक्नु भएको छ ।
नेपाल बिद्यार्थी सघंबाटनै सक्रिय राजनितिमा लाग्नु भएकी अधिकारी कपिलवस्तु निडर र निश्पक्ष नेतृका रुपमा समेत परिचित हुनुहुन्छ ।








