वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नः ४ र वडा नः ८ का रहेका छन ।
बाणगंगाको वडा नः ४ ठाकुरापुरमा लु १३ प ८६६४ नः को मोटरसाइकलले ठक्कर दिदा पैदलयात्री बर्ष ६१ का पुर्ण बहादुर थापाको मृत्यु भएको छ भने वडा नः ८ चप्परगाउमा लु १ ख ७०४६ नः को बसले पैदलयात्री बर्ष ७८ का बिष्णु प्रसाद पन्थीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल , बस र चालक प्रहरी नियन्त्रणमा रहेकाछन । दुवैको उपचारका क्रममा बुुटवलमा मृत्यु भएको हो ।