लिबियाका तत्कालीन तानाशाह मोअम्मर गद्दाफीका छोराले अर्को महिना हुन गइरहेको राष्ट्रपतीय चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सेफ अल-इस्लामले दक्षिणी शहर सबाहमा आफ्नो उम्मेदवारीको कागजात पेस गरेको लिबियाको निर्वाचन एजेन्सीले आइतबार जानकारी दिएको छ।
गद्दाफीका छोरालाई २०११ को अन्तमा लडाकुहरूले कब्जामा लिएका थिए। सेफ अल(इस्लाम पाँच वर्षभन्दा बढी हिरासतमा रहेपछि सन् २०१७ को जुनमा रिहा भएका थिए।










