गृहपृष्ठ Featured अर्घाखाँचीका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान

अर्घाखाँचीका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान

अर्घाखाँची – श्वासप्रश्वास प्रकृयामा अक्सिजनको कमीले हुने जोखिम नियन्त्रण गर्न अर्घाखाँचीका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको छ।

कोभिड तथा श्वासप्रश्वासमा अक्सिजनको कमीले हुने रोगहरुको नियन्त्रण गर्न नेपाली कांग्रेसका नेता डाक्टर जयबहादुर टण्डन र डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची दिगो विकास केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो।

सन्धिखर्क नगरपालिकाको अर्घा स्वास्थ्य चौकी, मालारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकी, भूमिकास्थान नगरपालिकाको खिल्जी स्वास्थ्य चौकी र पाणिनि गाउँपालिकाको अड्गुरी स्वास्थ्य चौकी, पाली स्वास्थ्य चौकी ,पटौटी स्वास्थ्य चौकी र मालारानी गाउँपालिका १ को मरेंग स्वास्थ्य चौकीमा एकरएक वटा कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

आफ्नै गाउँको स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेपछि मालारानी गाउँपालिका वडा नम्बर १ र २ का स्थानीयहरु हर्षित भएका छन्। मालारानी गाउँपालिकाको १ र २ का बासिन्दाले सेवा लिने स्वास्थ्य चौकीमा अक्सिजन मेसिन लिएर डा।टण्डनको टोली गएपछि उनीहरु खुशी भएका हुन्।

सम्बन्धित् समाचार