गृहपृष्ठ Featured सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि

सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि

प्रकाशित मिति:

नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वद्धि भएर ९४ हजार आठ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय रुपैयाँ रहेको छ।

अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य सोमबारका तुलनामा १० रुपैयाँले वृद्धि भएर एक हजार दुई सय ९० रुपैयाँ कायम भएको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ६६ डलर आसपासमा कारोबार भइरहेको छ।

 

सम्बन्धित् समाचार