सागर वि.क. (वैखरी अनलाईन) : विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आव्हान गरेको नेपाल बन्दको प्रभाव बाणगंगाको चारनम्बर बजार क्षेत्रमा पनि परेको छ । पेट्रोलिमय पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धिको विरोधमा नेकपाले गरेको नेपाल बन्दका कारण बाणगंगाका बजार क्षेत्र सुनसान बनेको छ ।

लामो तथा छोटो दूरीका यातयातका साधनहरू ठप्प भएका छन् ।
मात्र छिट्फुट मात्रामा साईकल, मोटरसाईकल, स्कुटर चलेका छन् । यातायातका साधन ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । विहान मात्र बन्द गराउने १६ जना कार्यकर्ता पक्राउ परेका छन् । बन्दको प्रभाव शैक्षिक संघ संस्था तथा वित्तिय क्षेत्रमा समेत देखिएको छ ।

प्रहरीले बन्दलाई लक्षित गरी बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ ।










