गृहपृष्ठ Featured कांग्रेस संघिय क्षेत्र नं.१ कपिलवस्तुको सभापतिमा शाहीको उम्मेद्वारी घोषणा

कांग्रेस संघिय क्षेत्र नं.१ कपिलवस्तुको सभापतिमा शाहीको उम्मेद्वारी घोषणा

प्रकाशित मिति:

वैखरी अनलाईन : नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत संघिय क्षेत्र नं.१ कपिलवस्तुको सभापतिमा टेक बहादुर शाहीले उम्मेद्वारी घोषणा गरेका छन् । एक घोषणा पत्र जारी गर्दै शाहीले संघिय क्षेत्र नं.१ कपिलवस्तुको सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

“परिपक्व नेतृत्व, परिपक्व सेवा, “राजनिति पेशा होईन, सेवा हो, “सामुहिक नेतृत्व, सामुहिक भावना, सामुहिक हित, हाम्रो चाहना” भन्दै मूल नारालाई आत्मासाथ गर्दै शाहीले पार्टीलाई जिल्लामा थप स्थापित गराउने प्रतिवद्धता जनाएका छन् ।

पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुको साथ सहयोग मिल्ने उनले विश्वास समेत व्यक्त गरे ।

यस्ता छन् प्रतिवद्धता-

१.नेपाली कांग्रेसको सिद्धान्त र अभियानलाई सार्थक नतिजा दिने ।
२.क्षेत्रका ३० वटै वडामा पालैपालो नियमित बैठक राख्ने, ३० वटै वडा तहमा पार्टी प्रशिक्षण चलाउने ।
३.जनताका शिक्षा, स्वास्थ्य, सुरक्षाका विषयमा नेपाली कांग्रेस क्षेत्रीय समितिको प्रत्यक्ष साझेदारी, सहभागिता र संलग्नता प्रस्ट हुने गरी देखाउने ।
४.सवै वडाका संघ संस्था लगाएतमा नेपाली काग्सको नेतृत्व स्थापित गर्न लागी पर्ने तथा उद्योगी व्यवसायी संग समन्वय गरी पार्टी सदस्यका परिवारको आर्थिक उपजिनमा सहयोग गर्ने ।
५.नेपाली काग्रेसको विधानमा उल्लेख भए बमोजिम सबै तहका सम्मेलन, समयमै सम्पन्न गर्ने ।
६.वडा, पालिका, प्रदेश र क्षेत्रिय समितीहरूलाई चलायमान बनाउने ।
७.पार्टी र क्रियाशिल सदस्यहरुको सम्बन्ध सुमधुर वलाई सदाचार र सदभाव युक्त नेपाली कांग्रेसको क्षेत्र निर्माण गर्ने ।
८. आगामी ३ वटै तहका निर्वाचनमा नेपाली काग्रेसलाई विजयी बनाउन ।
९.पचेहरा देखि लवनी क्षेत्रको पायक पर्ने स्थानमा पार्टी सम्पर्क कार्यालय स्थापना गर्ने ।
१०.गजेहडामा रहेको बि.पी. स्मृती भवनको माथिल्लो तल्लामा हल निर्माण तथा आधुनिक सभाहल निर्माण गर्ने ।
११.युवाहरुलाई नेतृत्वमा स्थापित गर्नका लागि, क्षेत्रगत ऐतिहासिकता कायम राख्न समावेशी र सदाचार मैत्री पार्टीका कार्यक्रम संचालन गर्न ।
१२.पार्टीका विगत देखि वर्तमान सम्मका सम्पूर्ण योगदान र लगानी गर्नु भएका सम्पूर्णको योगदानको अभिलेखीकरण गर्न ।

सम्बन्धित् समाचार