गृहपृष्ठ Featured पहिलो ई–पासपोर्ट सत्यमोहन जोशीलाई प्रदान

पहिलो ई–पासपोर्ट सत्यमोहन जोशीलाई प्रदान

काठमाडौं : सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरे ।

सरकारले मेसिन रिडेबल पासपोर्टलाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन आजदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए । केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई पासपोर्ट वितरण गर्ने पनि उनले बताए ।

ई पासपोर्ट वितरण सुरु गरेपछि पनि मेसिन रिडेबल पासपोर्ट वितरणलाई पनि निरन्तरता दिने महानिर्देशक अर्यालले बताए ।

डिसेम्बरको १०/१२ तारेखसम्म प्रणालीमा देखिएका प्राविधिक समस्या हल गरेर ई पासपोर्टमात्र वितरण गरिने उनको भनाइ छ । ई पासपोर्टको अनलाइन बुकिङका लागि लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।

सम्बन्धित् समाचार