गृहपृष्ठ Featured कपिलवस्तुमा दशौं राष्ट्रिय कर दिवस मनाइयो : बढि कर बुझाउने करदातालाई सम्मान

कपिलवस्तुमा दशौं राष्ट्रिय कर दिवस मनाइयो : बढि कर बुझाउने करदातालाई सम्मान

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा दशौं राष्ट्रिय कर दिवस २०७८ मनाइएको छ । “स्वेच्छिक कर सहभागीता अभिवृद्धि ः सुशासन, विकास र समृद्धि” भन्ने नाराका साथ तौलिहवामा कर दिवस मनाइएको हो । आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुले कर दिवसका अवसरमा सवैभन्दा बढि कर बुझाउने करदातालाई सम्मान गरेको छ ।

कार्यालयले आ.ब. २०७७।०७८ मा सवैभन्दा बढि कर बुझाउने सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वाणगंगा र श्रीजय श्री श्याम टे«डिङ्ग कन्र्सन कृष्णनगरलाई सम्मान गरेको हो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख दिनेश पाण्डेले कार्यालयले सेवा संगसंगै करदाता शिक्षा नियमित रुपमा संचालन गरेको बताउनुभयो । उहाँले कार्यालयसंग निकट रहेका उद्योग वाणिज्य क्षेत्रको सहकार्य र समन्वयबाट कर शिक्षा प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले सवै व्यवसायीले कानुनबारे जानकारी राख्नुपर्ने कर्तब्य भएकाले करछली गर्ने व्यवसायीले ठुलो मूल्य चुकाउनुपर्ने भएकाले सत्य र तथ्य विवरण बुझाउन आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले करदातालाई कर शिक्षा आवश्यकता भएको औल्याउनुभयो ।

उहाँले अवैध कारोवारलाई निरुत्साहित गर्न सूचना दिनुपर्ने साथै उद्योगी व्यवसायीलाई सही कारोबार, सही व्यवसाय र सही विवरण राख्न सुझाव दिनुभयो ।

सम्बन्धित् समाचार